सेयर बजार फेरि २६ सयभन्दा तल झर्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।

आजबाट कारोबार भएको माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सो वृद्धिसँगै कम्पनीको मूल्य ३४९.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै फस्र्ट माइक्रोफाइनान्सको ९.२०, विन्ध्यबासिनी हाइड्रोपावरको ६.३८, सम्पदा लघुवित्तको ५.५४ तथा अभियान लघुवित्तको ५.०१ प्रतिशत मूल्य घट्यो ।

 

 

 

 

प्रकाशित : 4 November, 2025

प्रतिक्रिया दिनुहोस्