शेयर बजार उच्च अङ्कले ओरालो लाग्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २३ ,हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ३०. ०२ अङ्कले घटेर २५६६ . ०९ विन्दुमा झरेको छ ।

आज २ सय २२ वटा कम्पनीको शेयर घटेकोमा २९ वटाको बढेको छ । यस्तै सोल्टी होटलको शेयर घटबढ भएको छैन । आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
बजार उच्च अङ्कले ओरालो लागेको दिन दरमखोला हाइड्रो इनर्जी, माबिलुङ इनर्जी, सागर डिस्टिलरी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।


