सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झर्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ३० , साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २: ५३ बजे नेप्से आजको न्यूनतम अंक २५३३ सम्म झरेको थियो ।
७४ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।


