प्रि ओपन सेसन : एक अंकले घट्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । मंसिर २ , साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ अंकले घटेको छ । सेसन अवधिमा नेप्से १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंकले बढेको छ।


यो सेसनमा ३२ कम्पनीको कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । यस्तै, २ वटाको मूल्य स्थिर छ । प्रि ओपन सेसनमा २ हजार ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ लाख २५ हजार ५३९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

 

प्रकाशित : 18 November, 2025

प्रतिक्रिया दिनुहोस्