सुन तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३ , बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो । असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

प्रकाशित : 19 November, 2025

प्रतिक्रिया दिनुहोस्