सुन तोलामा १७ सय रुपैयाँले घट्यो

सहयात्रा टिभी

काठमाडौं । पुस १, स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १७ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ कायम थियो । सो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित : 16 December, 2025

प्रतिक्रिया दिनुहोस्