मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय बढ्यो
सहयात्रा टिभी
काठमाडौं । पुस ८, मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनदेखि सुनको भाउले रेकर्ड बनाउने क्रम जारी राखेको छ ।
चाँदीको भाउमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ ।


