लगातार घटेको सेयर बजार मंगलबार बढ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस ८, अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ ।

यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२: २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, सागर डिस्टिलरी, सीईडीबी होल्डिङ्स, लुम्बिनी विकास बैंक तथा मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 23 December, 2025

प्रतिक्रिया दिनुहोस्