नेप्से सूचकमा दोहोरो अंकले बृद्धि

सहयात्रा टिभी

काठमाडौं । पुस १६ , नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बृद्धि भएको छ ।

राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो ।

नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो ।

नेप्से सूचक निरन्तर बढ्दा भन्दा पनि घट्नरबढ्ने गरेर आएको सुधार दिगो हुन्छ भनिन्छ । यो साता बुधबार आइतबारको सुधार पछ्याउदै एकदिनको करेक्सन पछि बजार सूचक पुन सकारात्मक भएको छ ।

बुधबार नेप्सेमा २ सय ३४ कम्पनीको ६३ हजार कारोबारबाट ५ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा धेरै हो । यसै साता सोमबार नेप्सेमा ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

 

 

प्रकाशित : 31 December, 2025

प्रतिक्रिया दिनुहोस्