ट्रिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु भएपछि भएको झडपमा प्रहरीद्धारा १५ राउण्ड हवाइफायर, प्रहरी निरीक्षकको ३ वटा दाँतै भाँचियो

सहयात्रा टिभी

काभ्रे । बनेपा नगरपालिका–१, मा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले पैदलयात्रु ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो । सो घटनापछि प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुदां इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको ३ वटा दाँत भाँचिएको इलाका प्रहरी कार्यालय बनेपाका सहायक प्रहरी निरीक्षक भक्त श्रेष्ठले जानकारी दिएका छन् । ।

उक्त घटनापछि स्थानीयबासी तोडफोडमा उत्रिएका थिए । प्रहरीले १५ राउण्डभन्दा बढी हवाइफायर र २ सेल अश्रुग्यास हानेको प्रहरीले जनाएको छ । सो घटनामा परि प्रहरी निरीक्षक सुनिलजंग शाहको मुखमा चोट लाग्दा तीनवटा दाँत भाँचिएको र गिजामा पनि असर परेको प्रहरीले जानकारी दिएको छ । घाइते शाहको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 3 February, 2018

प्रतिक्रिया दिनुहोस्