‘रमिताको पिरती’को ट्रेलरमा ब्रेकअप स्टोरी

सहयात्रा टिभी

काठमाडौं । माघ १२, चलचित्र ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा प्रेम र धोकाको कथा समावेश छ ।

निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’लाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको बताएकी छन् । हिरोको तर्फबाट थुप्रै लभस्टारी सिनेमा निर्माण भए पनि आफूले महिलाको ‘एंगल’बाट कथा भनेकाले दर्शकलाई नयाँ अनुभव हुने बताइन् ।

माघ २३ गतेबाट प्रदर्शनमा आउने ‘रमिताको पिरती’को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन् । ब्रेकअप स्टोरीमा आधारित सिनेमाले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ । यही सिनेमामार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दै छन् ।

चलचित्रमा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामोलगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित : 26 January, 2026

प्रतिक्रिया दिनुहोस्