सुनकाे मूल्य १८ हजारल ८ सयले घट्याे
सहयात्रा टिभी
काठमाडौं । माघ १८, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएकाे छ । यस्तै, १५ सय ६५ ले घटेर चाँदीकाे मूल्य ताेलामा ५ हजार ५०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ६५ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल ७ हजार ५०५ मा किनबेच भएको थियो ।
त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ३०० कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


