सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । माघ २६, नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुन ४ हजार १ सय र चाँदी २ सय ४० रुपैयाँले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४ हजार ६ सय र चाँदीको मूल्य ५ हजार २५० रुपैयाँ कायम भएको छ । हिजो एक तोला छापावाल सुन तीन लाख ५०० र चाँदीको मूल्य पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित : 9 February, 2026

प्रतिक्रिया दिनुहोस्