आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे

सहयात्रा टिभी

काठमाडौं । माघ २६, आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात् फेब्रुअरी ९ मा चकलेट डे मनाइन्छ । रोज र प्रपोज डे पछि चकलेट आदानप्रदान गरेर यो डे मनाउँछन् ।

चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा हो । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग गरिन्छ । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।

आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ । सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।

 

प्रकाशित : 9 February, 2026

प्रतिक्रिया दिनुहोस्