सुनको भाउमा सामान्य गिरावट, चाँदी ५० रुपैयाँले बढ्यो
सहयात्रा टिभी
काठमाडौं । माघ २९, नेपाली बजारमा आज सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी ५ लाख २५० रुपैयाँ कायम थियो ।


