सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सहयात्रा टिभी
काठमाडौं । फागुन १२ , नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार तीनसय रुपैयाँले बढेर प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा भने केही गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ५ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


