आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो नेप्से

सहयात्रा टिभी

काठमाडौं । फागुन १७, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंक बढेको छ ।

आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।

सोमबार होलीका कारण सार्वजनिक बिदा छ । त्यसपछि सरकारले बिहीबारको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ ।

त्यसले गर्दा यो साता सेयर बजारमा कारोबार हुँदैन । निर्वाचन अघिको सेयर कारोबारमा लगानीकर्ताले सेयर मूल्य बढेर खरिद–बिक्री गरेका हुन् ।

आइतबार नेप्सेमा कारोबार भएका मध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ६४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन । नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।

आइतबार नेप्सेमा ३ सय ४१ कम्पनीको ५५ हजार २ सय ६ कारोबारबाट ५ अर्ब ६४ करोड बराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम गत साता बिहीबारको तुलनामा धेरै हो । बिहीबार नेप्सेमा ४ अर्बभन्दा धेरैको कारोबार भएको थियो ।

 

प्रकाशित : 1 March, 2026

प्रतिक्रिया दिनुहोस्