सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी

सहयात्रा टिभी

काठमाडौं । फागुन २४, सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ऋषिधन राईले ३ हजार ६४२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका विएस राईले ३ हजार ३६३ मत प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २७८, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २०३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १५७ र आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गरेका छन्।

प्रकाशित : 8 March, 2026

प्रतिक्रिया दिनुहोस्