जाँचबुझ आयोगले आज जेनजि आन्दोलनको प्रतिवेदन बुझायो
सहयात्रा टिभी
काठमाडौं । फागुन २४, गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

गतभदौ २३ र २४ जेनजि आन्दोलनमा भएको क्षतिको घटनाका बारेमा सरकारले हामीलाई जे गर्नु भनेको थियो, त्यही कुरा प्रतिवेदनमा छ । भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस गरेको छ ।
ती दुई दिनमा भएको भौतिक क्षति, मानवीय क्षति लगायत त्यसमा भएका कमीकमजोरीहरू, सुधारका उपायहरू, गल्ती गर्नेहरूका बारेमा आवश्यक कारबाहीका लागि सुझावका कुराहरू छन् ।
गल्ती भएको छ । गल्तीलाई कानुनी भाषामा त्यहाँ राखिदिएका छौं । रायसुझावमा कारबाही गर्नुपर्ने महलमा ती कुराहरू अलि विस्तृत रूपमा राखिदिएका छौं ।
र, आगामी दिनमा विभिन्न क्षेत्रहरूमा सुधारको आवश्यक त्यो पनि दिएका छौं । विभिन्न क्षेत्र भन्नाले सुरक्षा संयन्त्रहरू, निर्वाचन प्रणाली, शासकिय सुधारदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतसँग सम्बन्धित कुराहरू छन् । समग्रमा सबै पक्षलाई समेटेर तिनका कमीकमजोरी र तिनलाई सुधार गर्न कुराहरू प्रतिवेदनमा छ ।
विगतका आयोगहरूको कार्यान्वयनबारे यति साह्रो जनदबाब थिएन । यो आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा जनदबाब छ । आयोगको प्रतिवेदन कार्यान्वयन नगरी सरकार बस्नसक्छ जस्तो लाग्दैन ।


