९८औं ओस्कार अवार्ड : ‘वान ब्याटल आफ्टर एनदर’को वर्चस्व, ६ विधामा जित्यो उपाधि

सहयात्रा टिभी

काठमाडौं । चैत्र २, ९८औं एकेडेमी अवार्ड (ओस्कार) मा ‘वान ब्याटल आफ्टर एनदर’ ले सर्वाधिक ६ वटा अवार्ड जित्दै ठूलो सफलता हात पारेको छ।

एक पूर्व क्रान्तिकारीको कथामा आधारित पल थोमस एन्डरसनको यो ‘ब्ल्याक कमेडी’ चलचित्रले सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ रूपान्तरित पटकथा,सर्वश्रेष्ठ सह-अभिनेता, सर्वश्रेष्ठ फिल्म सम्पादन र सर्वश्रेष्ठ कास्टिङ विधामा अवार्ड जितेको छ।

त्यसैगरी, कीर्तिमानी १६ वटा मनोनयनसहित समारोहमा प्रवेश गरेको ‘सिनर्स’ चारवटा अवार्ड जित्दै यस रातको दोस्रो ठूलो विजेता बनेको छ।

‘सिनर्स’मा मुख्य भूमिका निर्वाह गरेका माइकल बी जोर्डनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते भने निर्देशक रायन कुगलरले ओरिजिनल स्क्रिनप्ले (सर्वश्रेष्ठ मौलिक पटकथा) विधामा आफ्नो पहिलो ओस्कार हात पारे।

अभिनय विधातर्फ, जेसी बकलीले ‘ह्यामनेट’ का लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितिन्, जुन उनको पहिलो एकेडेमी अवार्ड हो। त्यसैगरी, एमी म्याडिगनलाई ‘वेपन्स’ चलचित्रका लागि सर्वश्रेष्ठ सह-अभिनेत्रीका रूपमा पुरस्कृत गरियो।

अन्य विधाहरूमा, दक्षिण कोरियाली म्युजिकल फ्यान्टासी ‘के-पप डेमन हन्टर्स’ ले दुईवटा ओस्कार जित्यो भने ‘फ्र्याङ्कन्स्टाइन’ ले पनि दुईवटा अवार्ड सुरक्षित गर्‍यो।

विजेताहरूको पूर्ण सूची यसप्रकार छ:

सर्वश्रेष्ठ चलचित्र : वान ब्याटल आफ्टर एनदर (One Battle After Another)

सर्वश्रेष्ठ अभिनेत्री : जेसी बकली (ह्यामनेट)

सर्वश्रेष्ठ अभिनेता : माइकल बी जोर्डन (सिनर्स)

सर्वश्रेष्ठ सह-अभिनेत्री : एमी म्याडिगन (वेपन्स)

सर्वश्रेष्ठ सह-अभिनेता : सन पेन (वान ब्याटल आफ्टर एनदर)

सर्वश्रेष्ठ निर्देशक : पल थोमस एन्डरसन (वान ब्याटल आफ्टर एनदर)

सर्वश्रेष्ठ ओरिजिनल स्कोर : लुडविग गोरान्सन (सिनर्स)

सर्वश्रेष्ठ एनिमेटेड चलचित्र : के-पप डेमन हन्टर्स (KPop Demon Hunters)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर : सेन्टिमेन्टल भ्यालु (Sentimental Value)

सर्वश्रेष्ठ वृत्तचित्र फिचर : मिस्टर नोबडी अगेन्स्ट पुटिन (Mr Nobody Against Putin)

सर्वश्रेष्ठ कास्टिङ : कासान्ड्रा कुलुकुन्डिस (वान ब्याटल आफ्टर एनदर)

सर्वश्रेष्ठ ध्वनि : ग्यारेथ जोन, अल नेल्सन, ग्वेन्डोलिन येट्स ह्विटल, ग्यारी ए रिजो र जुआन पेराल्टा (एफ वान – F1)

सर्वश्रेष्ठ मौलिक पटकथा : रायन कुगलर (सिनर्स)

सर्वश्रेष्ठ रूपान्तरित पटकथा : पल थोमस एन्डरसन (वान ब्याटल आफ्टर एनदर)

सर्वश्रेष्ठ वृत्तचित्र छोटो चलचित्र : अल द एम्प्टी रुम्स (All the Empty Rooms)

सर्वश्रेष्ठ लाइभ एक्सन सर्ट फिल्म : द सिङ्गर्स (The Singers) र टु पिपुल एक्सचेन्जिङ सलाईभा (Two People Exchanging Saliva)

सर्वश्रेष्ठ एनिमेटेड सर्ट फिल्म : द गर्ल हु क्राइड पर्ल्स (The Girl Who Cried Pearls)

सर्वश्रेष्ठ संगीत – ओरिजिनल गीत : ईजे, मार्क सोन्नेनब्लिक, जुङ ग्यु क्वाक, यु हान ली, ही डोङ नाम, जोङ हुन सियो र टेडी पार्क, ‘गोल्डेन’ गीतका लागि (के-पप डेमन हन्टर्स)

सर्वश्रेष्ठ चलचित्र सम्पादन : एन्डी जुर्गेन्सन (वान ब्याटल आफ्टर एनदर)

सर्वश्रेष्ठ सिनेम्याटोग्राफी : अटम डुराल्ड अर्कापअ (सिनर्स)

सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन : तामारा डेभेरेल र शेन भिउ (फ्र्याङ्कन्स्टाइन)

सर्वश्रेष्ठ पहिरन डिजाइन : केट हले (फ्र्याङ्कन्स्टाइन)

सर्वश्रेष्ठ मेकअप र हेयरस्टाइलिङ : माइक हिल, जोर्डन स्यामुअल र क्लिओना फ्युरी (फ्र्याङ्कन्स्टाइन)

सर्वश्रेष्ठ भिजुअल इफेक्ट्स : जो लेटेरी, रिचर्ड बानेहम, एरिक सेन्डन र ड्यानियल ब्यारेट (अवतार: फायर एन्ड ऐस – Avatar: Fire and Ash)

प्रकाशित : 16 March, 2026

प्रतिक्रिया दिनुहोस्