उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र ९, सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । दिउँसो २ :३४ बजे २९११ अंकसम्म झरेको बजार त्यसपछि अन्तिम समयसम्म उकालो लाग्यो ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडको भयो । १०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ को स्थिर रह्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । फस्र्ट माइक्रोफाइनान्सको ८.९६, आशा लघुवित्तको ८.८२, मेरो माइक्रोफाइनान्सको ८.१८ प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ३.२३ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप छन् ।

 

प्रकाशित : 23 March, 2026

प्रतिक्रिया दिनुहोस्