एमालेले बुधबारका लागि संसदीय दलको बैठक डाके
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १७, नेकपा एमालेको संसदीय दलको बैठक बुधबारका लागि डाकेको छ ।

आज मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाउने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठक पार्टी कार्यालय च्यासलमै बस्ने उनको भनाइ छ । त्यस्तै आजको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अन्य पार्टीसँग पनि छलफल गर्ने निर्णय गरेको छ । अन्य पार्टीसँग छलफल र सहकार्य गर्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई दिइएको बस्नेतको भनाइ छ ।
एमालेले ओलीको रिहाइको माग गर्दै देशव्यापी विरोध कार्यक्रम पनि सार्वजनिक गरेको छ।


