धार्मिक भावनामा आघात पुर्याउने अभिव्यक्ति दिनेविरुद्ध ४ दिन म्याद थप
सहयात्रा टिभी
काठमाडौं । जेठ १५ , सद्भाव भड्काएको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध चार दिनको म्याद थप भएको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियारविरुद्ध अनुसन्धान गर्न चार दिन म्याद थप भएको हो ।
काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
धार्मिक भावनामा आघात पुर्याउने तथा सद्भाव भड्काउने अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।
