रड प्रहार गरी श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । जेठ २३, काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पैँयुटार बस्ने ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेकाे नेपाल प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । रड प्रहार गर्ने कुमार थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 6 June, 2026

प्रतिक्रिया दिनुहोस्