काभ्रे बुच्चाकोटमा बस दुर्घटनाका घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका(२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ । अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित : 12 June, 2026

प्रतिक्रिया दिनुहोस्