डीआईजी सरुवाः मधेशमा ओम अधिकारी, सुदूरपश्चिममा सानुराम भट्टराई

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३०, गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको छ ।


मधेश प्रदेशका डीआईजी गोविन्द थपलिया र सुदूरपश्चिमका ओमबहादुर राना क्रमशः उपत्यका प्रहरी कार्यालय र प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा काज सरुवा भएका हुन् । मधेशमा उपत्यका प्रहरी कार्यालयबाट ओमप्रसाद अधिकारी र सुदूरपश्चिममा अपराध अनुसन्धान विभागबाट सानुराम भट्टराई खटिएका छन् ।

मधेश प्रदेशमा विगत दुई महिनादेखि डीआईजी थपलियाका कारण प्रहरी–प्रहरीकै बीचमा विभिन्न विवाद हुँदै आएको थियो । ती विषयमा नेपाल प्रेसले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।

मधेश प्रहरीको आर्थिक लेनदेनसँग सम्बन्धित विवादका क्रममा धनुषा र सप्तरीका प्रहरी प्रमुखले काम गर्न नसकिने भनी स्वेच्छिक सरुवा मागेका थिए । रौतहट र बारा प्रहरी प्रमुखसँग डीआईजी थपलियाको कुरा नमिल्दा स्पष्टीकरण सोधिएको थियोे ।

सुदूरपश्चिममा प्रदेश प्रहरी प्रमुख रहेका ओमबहादुर राना कमजोर कार्यसम्पादनका कारण त्यहाँबाट तानिएको गृह मन्त्रालयस्रोतले जनाएको छ । उनी गत वर्ष भदौ २३ को जेन्जी आन्दोलनमा उपत्यका प्रहरीका निमित्त प्रमुख थिए ।

प्रकाशित : 13 June, 2026

प्रतिक्रिया दिनुहोस्