पर्सामा एक सय किलोग्राम गाँजा बरामद

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

 

प्रकाशित : 14 June, 2026

प्रतिक्रिया दिनुहोस्