सार्वजनिक सवारी प्रयोग गर्नेलाई यात्रामा सास्ती छ : आशिष गजुरेल

सहयात्रा टिभी

काठमाडौँ । असार २,  प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले सार्वजनिक सवारी साधनको यात्रा कष्टकर हुने गरेको बताएका छन्न् ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका आशिष गजुरेलले सार्वजनिक सवारीको यात्रामा हुने सास्तीबारे आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।

मंगलबार समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी व्यवस्थापनबारे छलफलको सुरुआत गर्दै सभापति गजुरेलले भने, ‘धनीमानीले निजी सवारी चढ्छन् । सार्वजनिक सवारी प्रयोग गर्नेलाई यात्रामा सास्ती छ ।’

यो समस्याको कारण पत्ता लगाएर समाधानको उपायबारे छलफल आवस्यक रहेको भन्दै उनले सबैलाई सहज यातायातको यात्रा सम्भव हुने बताए ।

छलफलमा सम्बन्धित मन्त्रालयका कर्मचारी, ट्राफिक व्यवस्थापन सम्बन्धित निकाय, यातायात व्यावसायी महासंघ र ढुवानी व्यावसायीका प्रतिनिधिहरु सहभागी छन् ।

ट्राफिक व्यवस्थापन कार्यलयका अनुसार काठमाडौं उपत्यकामा हाल दैनिक २० लाख सवारी गुड्छन । यसको निगरानी गर्न आवस्यक ट्राफिक जनशक्ति कम रहेका छन् ।

प्रकाशित : 16 June, 2026

प्रतिक्रिया दिनुहोस्