नेप्से परिसूचक २६५१ अंकमा कायम

सहयात्रा टिभी

काठमाडौँ । साउन २८, बिहीबार सेयर बजार ८.८१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २६५१ अंकमा कायम भएको छ ।

अघिल्लो दिन नेप्से जम्मा ०.५५ अंक बढेको थियो । आज १७१ कम्पनीको मूल्य बढेको छ भने ८६ को घटेको छ, त्यस्तै १९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७२ करोडको भयो ।

समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब १३ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन २० करोड, लगानी २२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । सुपर खुदी हाइड्रोपावरको १३.०२, घलेम्दी हाइड्रोको ११.९०, सीवाईसी लघुवित्तको ५.०९, पाल्पा सिमेन्टको ४.४८ प्रतिशत मूल्य बढ्यो । इमर्जिङ नेपालको मूल्य ५.११, सिर्जनशील लघुवित्तको ४.५३, अपर लोहोरेखोलाको ३.२९ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रकाशित : 13 August, 2026

प्रतिक्रिया दिनुहोस्