उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
सहयात्रा टिभी
काठमाडौँ । भदौ १८, सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निस्शुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।
गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार, उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।

