त्रिशूली ३ ‘ए’ अपडेट : सुरूङभित्र एकभन्दा बढी मान्छेको आवाज पुष्टि
सहयात्रा टिभी
काठमाडौँ । भदौ १९, सांसद श्रीराम न्यौपानेले त्रिशूली ३ए सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको पुष्टि गरेका छन् । सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले सुरुङभित्रबाट एकभन्दा बढी मान्छेको आवाज आएको बताएका हुन् ।

उद्धार कार्यजारी रहेको उल्लेख गर्दै उनले भित्रबाट एकभन्दा बढी आवाज आएको र उद्धार टोलीले नआत्तिनुहोस् हामी उद्धार गर्दै छौं भन्दा हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको बताए ।
