ओली सरकारले देउवा सरकारको निर्णय उल्ट्याए पछि काँग्रेस रुष्ट

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन -८,  देउबा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यबारे गरेका निर्णय ओली सरकारले उल्ट्याएपछि कांग्रेस रुष्ट बनेको छ। बर्तमान सरकारले राष्ट्रियसभा सदस्यमा काँग्रेस सरकारले सिफरिस उल्ट्याउदै नया सिफरिस गरेको थियो । यसको विरोधमा मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
देउबा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम राष्ट्रियसभा सदस्यका रुपमा राष्ट्रपति समक्ष सिफरिस गरेको भएता पनि ओली सरकारले ती नाम हरु फिर्ता लिई डा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेलको नाम सिफरिस गरेको थियो ।

 

सरकारले सिफरिस गरेका सदस्यहरुलाई राष्ट्रपतिले आजै राष्ट्रिय सभामा मनोनित गरिसकेकी छन्।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्