नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा १२२ औँ स्थानमा

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १०, नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२२ औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बुधबार सार्बजनिक गरेको प्रतिबेदन बमोजिम नेपाल ३१ अंकसहित १२२ औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिश्वभरका १८० मुलुकलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सुचकांक सार्वजनिक गरेको हो । ट्रान्सपरेन्सीको सुचकांकमा ४० भन्दा कम अंकले धेरै भ्रष्टचारहुने मुलुकलाई जनाउँछ भने १०० अंक पाएमा भ्रष्टाचार नहुने जनाउँछ । यसले राजनीति, वित्तिय अनुशासन, न्यायमा पहुँच लगायतका ६ वटा मापदण्डका आधारमा सुचकांक निर्धारण गर्ने गर्दछ ।

सबै भन्दा कम भ्रष्टचार हुने मुलुकमा ८९ अंक ल्याउँदै न्युजिल्याण्ड रहेको छ भने बढी भ्रष्टचार हुनेमा सोमालियाले ९ अंक प्राप्त गरेको छ । दक्षिण एसियामा भने बढि भष्टाचार हुने देशमा १५ अंक पाएर अफगानिस्तान रहेको छ भने कम भ्रष्टाचार हुनेमा भुटान ६७ अंकसहित १६ औं स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । सबै भन्दा बढी भ्रष्टाचार हुने देशहरु अफ्रिकी मुलुक, पूर्वी युरोप र मध्ये एसियाका देशहरु रहेको देखिएको छ । यस प्रतिबेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि कम प्रयास भएको देखाएको छ ।

प्रकाशित : 22 February, 2018

प्रतिक्रिया दिनुहोस्