खोलामा डुबेर एकजनाको मृत्यु

मोरङ । फागुन- १३, मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला परेकी छिन् ।
शनिबार दिउँसो शनिश्चरे बजार जाने भनेर हिडेकी उनी आज बिहान डाँसखोलामा खोलामा मृतावस्थामा फेला परेकी हुन् । घरबाट हिडे पनि फर्किएर नआएपछि उनको खोजी भएको थियो । खोजीका क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।