सिण्डिकेट विरुद्ध सरकार : देशभर रुट परमिट खुला

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -२३, सरकार सिन्डिकेट बिरुद्द कडा रुपमा प्रस्तुत भएको छ । भर्खरै मात्र मयुर यातायातलाई रुट परमिट दिएको भन्दै कोटेश्वर पूर्वका ११ वटा यातायात व्ययसायीहरुको समितिले सवारी नै बन्द गरेर आन्दोलन गरेपछी सरकार झन कडा रुपमा प्रस्तुत भएको थियो ।

सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले आज सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ । सरकारले सिन्डिकेट नमान्ने भनिरहँदा देश भरि अघोषित रुपमा सिन्डिकेट कायम रहेको छ । यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको आधारमा अघि बढ्ने मर्मको आधारमा सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन निर्देशन दिएको विभागले जनाएको हो ।

प्रकाशित : 6 April, 2018

प्रतिक्रिया दिनुहोस्