अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ : पुष्पकमल दाहाल

सहयात्रा टिभी

चितवन । चैत्र –२९, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।

भरतपुर महानगरपालिका–१४, पकौडीमा विहिबार आयोजित शोकसभामा अध्यक्ष प्रचण्डले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको समेत स्पष्ट पारे । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।”

नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने र विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको र त्यसको लागि महानगरबाट सिफारिस पनि भईसेको दाहलले बताए ।

प्रकाशित : 12 April, 2018

प्रतिक्रिया दिनुहोस्