एमाले र माओवादीबीचको भेटवार्तामा केहि परिवर्तन आउन सकेन

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख– ७, प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छ । दुई घण्टा भन्दा बढि बसेको वार्तामा केहि निष्र्कष भएको छैन । ओलीसँग पार्टी एकताको विषयमा वार्ताका लागि प्रचण्ड बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।केहि दिन अगडि बसेको बैठकमा पार्टी एकतामा प्रक्रिया मिलाउन बाकी जिम्मेवारी अध्यक्षलाई दिएको थियो । औपचारिक रुपमा अघि बडिरहेको एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया जनयुद्ध, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर रोकिएको नेताहरुले बताएका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार छलफल मात्र भएको अरु कुनै विषयमा टुङगो नलागेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भोलि पनि भेट हुने सापकोटाले बताए छन ।

प्रकाशित : 20 April, 2018

प्रतिक्रिया दिनुहोस्