फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै पत्रकारको गोली लागेर मृत्यु

सहयात्रा टिभी

एजेन्सी, १० वैशाख । एन्जेल गहोना पत्रकारको फेसबुकमा लाइभ गर्दा गर्दै गोलि लागि मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।

उनले देशको दक्षिणी ब्लुफिड्स शहरबाट फेसबुक लाइभ गरिरहेका थिए र त्यहिबेला गोली लागेको हो स्थानिय मिडियाका अनुसार पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्देशक थिए ।

गोलि कसले चलाको भन्ने विषयमा पत्ता लागेको छैन । यो घटना शनिबार दिउसो भएको हो । उनको मृत्यु फेसबुक लाइभ गर्दा गर्दै भएको थियो । ब्लुफिल्ड्समा प्रहरी र प्रदर्शनकारीबीच तनाव फैलिएपछि गोली चली उनी ढलेका थिए ।

प्रकाशित : 23 April, 2018

प्रतिक्रिया दिनुहोस्