२० वर्षपछि हत्यारा पक्राउ

सहयात्रा टिभी

नेपालगञ्ज । बैशाख–१०, हत्या गरेर फरार रहेका बाँकेका मेहराज अलि बेहना २० वर्षपछि पक्राउ परेका छन् । भारतको बहराइच जिल्ला कैलाशपुरका सावली बर्माको नेपालगञ्ज–१४ मा हत्या गरि फरार रहेका बेहनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

२०५५ साल असोज २८ गते बेहना सहित ६ जनाले धारिलो हतियार प्रयोग गरि बर्माको हत्या गरेका थिए । हत्या गर्नेमा तीन नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

नेपालको कानुन अनुसार २० वर्षभित्र अभियुक्त फेला नपरे मुद्दा स्थगित गरिन्छ तर मुद्दा स्थगित हुनै लाग्दा अभियुक्त फेला परेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 23 April, 2018

प्रतिक्रिया दिनुहोस्