जिशिअ विरुद्ध जबर्जस्ती करणी मुद्दा

सहयात्रा टिभी

बर्दिया । बैशाख–११, बर्दियाका जिल्ला शिक्षा अधिकारी विरुद्ध जबर्जस्ती करणीको आरोप लागेको छ ।

पढाउने नाममा १५ वर्षिया बालिका माथि यौन दुव्र्यवहार गर्न खोजेको भनि नेपाल विरुद्ध मुद्दा दायर भएको हो ।

आफ्नै क्वाटरमा खाना बनाउने महिलाकी छुट्टी मनाउन आएकी भदैनी माथि गत बिहिबार जिशिअले दुव्र्यवहार गरेका हुन् ।

पढाउने बाहानामा पाहुना कोठामा लिएर गएका नेपालले अंकमाल गर्ने, स्पर्स गर्ने लगायतका क्रियाकलाप गरि यौन दुव्र्यवहार गरेको पिडित बालिकाको आरोप छ ।

नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 24 April, 2018

प्रतिक्रिया दिनुहोस्