केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद्मा आज बार्षिक बजेटका सिद्धान्तमाथि छलफल हुँदै,बिहीबार नीति तथा कार्यक्रम

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४ र ०७५ को वार्षिक बजेटको सिद्धान्तमाथि आज संसदमा छलफल हुँदैछ । सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव राख्नुहुनेछ । महराले बजेटका प्राथमिकता सदनमा पेस गर्नुहुनेछ । सरकारले पेस गरेको प्रस्तावमा आज एकदिन मात्र छलफल हुनेछ । बजेट पूर्वका छलफलका रुपमा यसअघिका वर्षमा कम्तीमा तीन दिनसम्म छलफलको प्रचलन भए पनि समय अभावका कारण यो वर्ष एकदिन मात्र छलफल हुने लागेको हो । संसद् सचिवालयको आन्तरिक कार्यतालिका अनुसार बिहीबार सरकारको नीति तथा कार्यक्रम पेस हुनेछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सदनमा बजेट पेस हुनेछ । निर्वाचन आचारसंहिताका कारण यस पटकको बजेटमा कुनै पनि नयाँ योजना समावेश नहुने अर्थ मन्त्रालयले स्पस्ट पारिसकेको छ । पुरानै कार्यक्रममा आधारित रहेर बजेट ल्याउन लागिएको हो ।

प्रकाशित : 23 May, 2017

प्रतिक्रिया दिनुहोस्