कुकुरलाई पिटेको आरोपमा एक नेपाली क्यानडामा नौ महिना कैद

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१०, क्यानडामा एक नेपालीलाई कुकुर कुटेको आरोपमा ९ महिना जेल राखिने भएको छ । क्यानडाको पिटरवर्गमा घरमा पालेको कुकुरलाई कुटपिट गरेको भन्दै दिप बिष्टलाई नौ महिना कैद  राखिने भएको हो ।

ग्लोबलन्यूजका अनुसार नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी भएका छन ।

उनलाई न्यायाधीश पिटर हिस्कक्सले उक्त भिडियोले कायरता र घृणित कार्य देखाएको बताएका छन् । विष्टलाई गत सोमबार पिटरवर्गको प्रान्तीय अदालतमा सुनाइएको थियो ।

यो भन्दा पहिले उनले तीन पटक घटनामा उनको केस पिर्ता लिइएको बताइएको छ । उनको अपार्टमेन्ट बिल्डिङको सीसी क्यामेराबाट कुकुरलाई लात्ताले हानेको र पिटेको देखेपछि उनलाई कैद गरिने भएको हो । बिष्टकी वकिल एन्जेला म्याकग्राथले उक्त कार्य डरलाग्दो र भयानक रहेको बताएकी थिइन् ।

तर विष्टले आफ्नो कुकुरलाई राम्रो बनाउन तालिम दिन खोजेको बताएका छन । उनले अदालतमा उदार गर्न आग्रह गरेपनि न्यायाधीशले माफी दिन मानेनन् र उनलाई तीनपटक ९० दिनको दरले गरी नौ महिना जेल सजायँ सुनाएको छ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्