आज भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडौं । बर्षा र सहकालका देउता रातो मच्छिन्द्रनाथको भोटो देखाइ आज काठमाडौंमा भोटोजात्रा मनाइदै छ । राष्ट्रपति बिद्या भण्डारी तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा जाउलाखेलमा भोट देखाइने छ । भोटो जात्राको दिन सरकारले उपत्यकामा बिदा दिने निर्णय गरेको छ । जात्रा गर्न सोमबार मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु¥याइएको थियो । त्यसै दिन मत्स्येन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पु¥याएपछि गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाईं गरिएको थियो । रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइन्छ । जात्राको दिन काठमाडौं, भक्तपुर र ललितपुरका मानिसहरूले जात्रा मनाउने गर्छन् । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी मानिसहरूले बोकी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्