न्यूरो अस्पतालको नाम परिवर्तन, अगाडि थपियो उपेन्द्र देवकोटा
काठमाण्डौं । असार–६, बासबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन गरि उपेन्द्र देवकोटा थपेर नयाँ नामाकरण गरिएको छ । डा. उपेन्द्र देवकोटाको निधनपछि उनले स्थापना गरेको न्युरो अस्पतालको नाम ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ राखिएको हो ।
डा. देवकोटा हुँदै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय अनुसार नै प्रकृया अघि बढाइएको अस्पतालका इन्जिनियर बसन्त देवकोटाले बताए । अस्पतालको नाम यस अघि ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो ।
नाम परिवर्तका केहि कागजि काम भने बाकिँ नै छ । बुधवार कम्पनी रजिष्टारको कार्यालयले दर्ता प्रमाणपत्र दिएको अस्पतालका इन्जिनियर देवकोटाले बताए ।
डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो ।न्यूरो अस्पताल डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो ।
डा. उपेन्द्र देवकोटाको निधनपछि भने अब डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा अस्पताल सञ्चालन हुनेछ ।