आगामी पुसबाट रेलमार्ग संञ्चालन हुदैं

सहयात्रा टिभी

काठमाण्डौं । असार–७, आगामी पुसबाट नेपाल सरकारले जनकपुर–जयनगर र बथनाहा – विराटनगर रेलमार्ग संञ्चालनमा ल्याउने भएको छ । मंगलबार र बुधबार नेपाली र भारतीय अधिकारीहरुविच रेलमार्ग संञ्चालनका लागी आवश्यक छलफल गरी आउँदो पुसबाट रेलमार्ग सञ्चालन गरिने भएको हो ।

छलफलमा रेलमार्ग सञ्चालनका लागी गरिनुपर्ने पूर्वतयारीका विषयमा कुराकानी गरिएको रेल विभागले जानकारी दिएको छ ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय केशवकुमार शर्मा र राजेन्द्रराज शर्मा, विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारलगायतका अधिकारी सहभागी रहेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

प्रकाशित : 21 June, 2018

प्रतिक्रिया दिनुहोस्