शिक्षा क्षेत्रको अनियमितता अन्त्य गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता
सहयात्रा टिभी
काठमाण्डौं । असार–१३, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले शैक्षिक क्षेत्रमा हुने सम्पूर्ण अनियमितताको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नीजि शैक्षिक क्षेत्रको शुल्क अनुगमन गर्न अनुगमन समिति बनेकाले उक्त समितिले स्थानीय तहसँगको सहकार्यमा त्यहाँ भित्र हुने अनियमितताको अन्त्य गरिने मन्त्री पोखरेलले बताएका हुन् ।
शिक्षा क्षेत्रको लागी छुट्याइएको बजेट पहिलेको भन्दा बढि भएपनि उक्त बजेट रकम शैक्षिक क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न पर्याप्त नभएको भन्दै उनले आगामी दिनहरुमा शिक्षा क्षेत्रको बजेटमा वृद्धि गर्दै लैजाने समेत बताएका छन् ।
उनले शैक्षिक संस्थामा सुशासन र पारदर्शीता नीति अपनाउन सरकार प्रतिवद्ध रहेको पनि बताएका छन् । विनियोजन विधेकमाथि सांसदहरुले राखेको जिज्ञासाको १२ बुँदामा जवाफ दिने क्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयको शिक्षक दरवन्दी पुरा गर्न शिक्षण अनुदान दरवन्दी मिलानमा १ अर्व १० करोड रकम छुट्याएको बताए ।


