कृषि मन्त्रीले धान रोपेर मनाए असार १५ (फोटो सहित)

कपिलवस्तु । असार–१५, असार १५ गते आज १५ औँ धान दिवसको अवसरमा कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोपेर धान दिवस मनाएका छन् ।शुक्रबार सहयोगीसँगै खेतमा पुगरेका मन्त्री खनालले नाच्दै गाउँदै धान रोपेर धान दिवस मनाएका हुन् ।
उक्त कार्यक्रममा मन्त्री खनालले अन्य सहभागीहरुले भन्दा छिटो छिटो धान रोपेका थिए ।
नेपाललाई कृषि परनिर्भरता कम गराउन र कृषकहरुलाई हौसला प्रदान गर्ने उद्देश्यका साथ मनाउन थालिएको यो धान दिवसको अवसरमा आज रक्षा मन्त्री इश्र्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि धान रोपेर नै धान दिवस मनाउने भएका छन् ।
‘धान उत्पादनमा वृद्धि: राष्ट्रको समृद्धि भन्ने नाराका साथ सरकारले यस वर्षको धान दिवस कार्यक्रमको आयोजना दक्षिणकालीमा राखेको छ ।