लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरी अभियान

सहयात्रा टिभी

सुर्खेत । श्रावण–१०, सुर्खेतमा लागूऔषध दूव्र्यसनीसम्बन्धी सचेतना जगाउन प्रहरीले अभियान थालेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा सचेतना जगाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभियान थालेको हो ।

वीरेन्द्रनगर नगरपालिका–८ को सिद्धपाइला अंग्रेजी विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई दुव्र्यसनी र लागूऔषधका विषयमा सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए ।

पछिल्लो समयमा समाजमा दिनहुँरुपमा लागूऔषधको दूव्र्यसनी, जुवातास, मद्यपानजस्ता विकृति बढ्दै जान थालेपछि सचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । दुव्र्यसनी किशोर अवस्थाबाट शुरु हुने भएकाले यही उमेर समूहका विद्यार्थीका लागि सचेतना कार्यक्रममा प्राथमिकता दिइएको उनले बताए ।

दुव्र्यसनीसम्बन्धीको सचेतना कार्यक्रममा उक्त विद्यालयका ७८ जना बालबालिका सहभागी भएका थिए । विद्यार्थीबाट समाजमा छिटो चेतना फैलिने भएकाले उनीहरुलाई यस कार्यक्रममा सहभागी गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 26 July, 2018

प्रतिक्रिया दिनुहोस्