विराटनगर महानगरपालिका भित्र बम विष्फोट

विराटनगर । श्रावण–२७, मोरङको विराटनगर महानगरपालिका भित्र बस विष्फोट भएको छ । आइतबार दिउँसो महानगरपालिकाको मुख्य प्रशासनिक भवनको दोश्रो तल्लामा मेयर भीम पराजुलीको कार्यकक्षभित्र प्रवेश गर्ने प्यासेजमा बम विष्फोट भएको हो ।
कार्यालय समयमा सेवाग्राहीको बाक्लो आवतजावत हुने समयमा बम विष्फोट भएको थियो । तर संयोगबस ठूलो मानविय क्षति भने हुन सकेन । विष्फोटबाट एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
विष्फोट भएको बम कुकर बम भएको प्रहरीले जनाएको छ । विस्फोटले सोफा र झ्यालका सिसाहरुमा क्षति पुगेको छ ।
विस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन । अहिले प्रहरीले महानगरपालिका भित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् ।