चेल्सीलाई हराउँदै एफ ए कपको उपाधिमा आर्सनलको कब्जा

सहयात्रा टिभी

बिबिसि । आर्सनलले एफए कपको उपाधि जितेको छ । उपाधि भिडन्तमा चेल्सीलाई दुई–एक गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि उचालेको हो । खेलको चौथो मिनेटमा नै एलेक्स साञ्चेजको गोलमार्फत आर्सनलले अग्रता लियो । ६८ औं मिनेटमा मोइसले रातो कार्ड पाएपछि चेल्सी दस खेलाडीमा सिमित भएको थियो । ७६ औं मिनेटमा डिएगो कोष्टाले चेल्सीकातर्फबाट गोल गर्दै खेल एक–एकको बराबरीमा पु¥याए । ७९ औं मिनेटमा आरोन रामसेले चेल्सीका लागि अर्को गोल थप्दै आर्सनललको जित सुनिश्चित पारे । आर्सनलको यो १३औं एफए कपको उपाधि हो ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्